Logo
|
Thursday 28th March 2024
Logo

epaper

मोरङमा कोरोनाले मृत्यु भएका दुवैजनाको शव नेपाली सेनाद्धारा व्यवस्थापन



जनस्वास्थ्य सरोकार, विराटनगर ।  मोरङमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका दुवैजना पुरुषको शव नेपाली सेना को शव व्यवस्थापन टोलीले बुधबार राती अन्त्येष्टि गरिएको छ।

कानेपोखरी गाउँपालिकास्थित वन क्षेत्रमा लगेर शवको व्यवस्थापन गरिएको हो । विराटनगर महानगरपालिका-९ का र रंगेली नगरपालिका -८ का ४५ वर्षीय पुरुषको कोशी अस्पतालमा बुधबार मृत्यु भएको थियो ।

उपचारका लागि अस्पताल लगिएका विराटनगरका पुरुषको बुधबार दिउँसो १ :१० बजे आइसोलेसनमा र रंगेलीका पुरुषको बिहान १० :३० बजे उपचारका लागि ल्याइ पुर्‍याउनसाथ मृत्यु भएको हो ।

मृत्यु हुनुअघि रिपोर्ट नआएका उनीहरुमा मृत्युपछि कोरोना संक्रमणको पुष्टि भएको थियो । तर कोरोनाको आशंकामा दुवै जनाको स्वाब संकलन भने मृत्यु हुनुअघि नै गरिएको थियो । उनीहरुको मृत्यु भइसकेपछि दिउँसो ३ :३० बजेतिर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले शव परिवारलाई नदिइकन राखेको थियो ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले परिवारलाई नदिइकन शव नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगाइएको बताए । सेनाले राती ९ बजे विराटनगरबाट व्यवस्थापनका लागि भनेर शव लिएर गएको थियो ।

प्रदेश १ मा कोरोनाका कारण चार जनाको मृत्यु भइसकेको छ । गत सोमबार दिउँसो कोशी अस्पतालमै विराटनगर-५ घर भएका ७७ वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । अघिल्लो बुधबार मोरङ सुनवर्षीका एक पुरुषको विराटनगरबाट थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याएपछि मृत्यु भएको थियो । अन्नपूर्णपोष्टबाट साभार

प्रतिक्रिया दिनुहोस्