Logo
|
Thursday 26th November 2020
NEWS PAPER

बिहिबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि, कुल सँख्या २१,७५० पुग्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३६० जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २३३ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३८९ पुगेको छ ।

हाल ९ हजार ४७० जना क्वारेन्टाइनमा रहेका छन भने ६ हजार २९६ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ६ हजार ६२२ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्