Logo
|
Wednesday 1st May 2024
Logo

epaper

काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिए



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौं उपत्यकामा आज ८७ जना संक्रमित थपिएका छन् । जस मध्ये काठमाडौंमा ७६ , भक्तपुरका १ र ललितपुरका १० जना छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । यस्तै आइतबार २४६ जना थपिएका थिए । यस्तै आज ६ हजार २९६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १५ हजार ३८९ जना पुगेको छ । आज २३३ जना निको भएका छन् । बुधबार १३० जना निको भएका थिए । मंगलबार ६५ जना निको भएका थिए । सोमबार ३५८ जना थपिएका थिए । यस्तै आइतबार १११ जना निको भएका थिए । ७०‍ प्रतिशत निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ६५ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ७ जिल्ला कोरोना मुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्