Logo
|
Friday 29th March 2024
Logo

epaper

भारतमा एकैदिन थपिए ६२ हजार कोरोनासंक्रमित, ८८६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८८६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ४१ हजार ५८५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६२ हजार ५३८ जना संक्रमित पुष्टि भएको छ । यो भारतमा अहिलेसम्म एकै दिन संक्रमित भएको सबै भन्दा ठुलो संख्या हो ।  योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या करिब २० लाख नाघेको छ । भारतमा कुल संक्रमित २० लाख २७ हजार ७५ पुगेको छ ।

यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ । त्यस्तै भारतमा अहिलेसम्म १३ लाख ७८ हजार १०६ जना ठिक भएका छन् भने ५ लाख ७ हजार ३८४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल २ करोड २७ लाख २४ हजार १३४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ५ लाख ७४ हजार ७८३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्