Logo
|
Friday 29th March 2024
Logo

epaper

सिरहाका २२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको हो ।

ती युवकको गएराती उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पुष्टि गरे । मृगौला पीडित रहेका उनी नियमित डाइलोसिस गराउँदै आएका थिए । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना सक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको प्रजिअ कणेलले बताए ।

प्रतिक्रिया दिनुहोस्