Logo
|
Monday 23rd December 2024
Logo

epaper

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौँ  । पाटन अस्पतालमा ४५ वर्षीय एक कोरोना संक्रमितको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको छ । वीरगन्जबाट काठमाडौं आएका उनको स्टार अस्पतालमा उपचार भइरहेको थियो । सोही क्रममा उनलाई कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि पाटन अस्पतालमा सारिएको थियो ।

 

पाटन अस्पताल स्रोतका अनुसार ती मृतकमा उच्च रक्तचाप, मधुमेह तथा मुटुरोग समेत थियो । उनलाई शनिबार पाटन अस्पतालमा सारिएको स्रोतले जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस्