Logo
|
Wednesday 24th April 2024
Logo

epaper

वीर अस्पतालका अर्का डाक्टरलाई पनि कोरोना, अस्पतालका ३५ स्वास्थ्यकर्मी क्वारिन्टिनमा



जनस्वास्थ्य सरोकार, काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षमा कार्यरत अर्काे एकजना चिकित्सकमा पनि कोरोनासँक्रमण  देखिएको छ । दुई तीन दिनदेखि ज्वरो आएर घरमै आराम गरेका उनको पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।
संक्रमित डाक्टरमा लक्षण देखिएकाले अस्पतालमै ल्याएर उपचार गर्ने तयारी भएको अस्पताल स्रोतले जनाएको छ। यसअघि बिहीबार इन्टरनल मेडिसिन विभागका एक जना चिकित्सकलाई संक्रमण देखिएको थियो।

अस्पतालमा उपचारत बिरामी र उपचार गर्ने चिकित्सकमा कोरोना देखिएपछि वीर अस्पतालमा कार्यरत चिकित्सक, नर्स, प्यारामेडिक्ससहित ३५ जनालाई क्वारेन्टिनमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्