Logo
|
Friday 29th March 2024
Logo

epaper

शुक्रबाट थप ४६४ जनामा संक्रमण पुष्टि, ४२५ डिस्चार्ज, पाँच जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रवार थप ४६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्रै १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा हाल ६ हजार ३३० सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमणका कारण २४ घण्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९२६ ओटा पीसीआर परीक्षण गरिएको छ ।  क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।

आईसोलेशनमा ६ हजार ३३०जना रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या १५ हजार ८१२ पुगेको छ भने शुक्रवारमात्रै थप ४२५ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्