Logo
|
Wednesday 27th January 2021
E-paper Magazine

प्रदेश नं. ५ का सांसद कृष्णा केसीलाई कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, नेपालगन्ज । प्रदेश नं. ५ का सांसद कृष्णा केसी (नमुना) लाई कोरोना पुष्टि भएको छ । भेरी अस्पतालको पीसीआर ल्यावमा भएको स्वाब परीक्षणमा उहाँलाई कोरोना पुष्टि भएको हो । उहाँले आफ्नो फेसबुक वालमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको स्पष्ट पार्नुभएको छ ।

उहाँले लेख्नुभएको छ -‘ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पनि अछुतो रहन सकिन । पीसीआर जाँचमा कोरोना रिपोर्ट पोजेटिभ आएकोले म सँग एक हप्ता यता नजिकमा रहनु भएका सवैले सेल्फ आइसुलेट तथा पीसीआर जाँच गराउन आग्रह गर्दछु,’ ।

पछिल्लो समय नेपालगन्जमा धमाधम कोरोना संक्रमण थपिदै गएपछि सांसद नमुनालाई पनि कोरोना पुष्टि भएको छ । पछिल्लो समय नेपालगन्जमा प्रहरी, थुनुवा, जनप्रतिनिधी, व्यापारी, पत्रकार लगायतलाई कोरोना देखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्