Logo
|
Tuesday 16th April 2024
Logo

epaper

आइतबार कपिलवस्तुमा थप १७ जनामा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, कपिलवस्तु । कपिलवस्तुमा आइतबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको अपडेट अनुसार कपिलवस्तु नगरपालिका क्षेत्रका १६ जना र कृष्णनगर नगरपालिकाका एक जना रहेका छन् ।

स्वास्थ्य कार्यालयले श्रावण २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि संकलन गरिएका २२६ नमुना मध्ये ११७ नेगेटिभ ११ पोजेटिभ र ९८ नमुना प्रतीक्षा गरिरहेको बताइएको छ ।

त्यस्तै श्रावण २३ गते कपिलवस्तु अस्पतालबाट संकलन गरिएका ६ नमुना मध्ये ५ पोजेटिभ आएको छ । त्यस्तै कृष्णनगर नगरपालिकाको थप १ जना रहेका छन् ।

योसँगै कपिलवस्तुमा अहिलेसम्म ८५७ जना कोरोना संक्रमित भएका छन् भने जिल्लामा ७५५ जना ठिक भएका छन् । त्यस्तै जिल्लामा एक जनाको मृत्यु भएको छ ।  त्यस्तै जिल्लामा १०१ जना संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्