Logo
|
Thursday 28th March 2024
Logo

epaper

भक्तपुरमा एकै परिवारका तीन जनामा कोरोनासंक्रमण, सिपाडोल ८ खापी क्षेत्र सिल



जनस्वास्थ्य सरोकार, भक्तपुर । भक्तपुरमा २२ महिने बालकसहित एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ खापी घर भएका नक्सालमा कार्यरत प्रहरी जावनलाई यही साउन १९ गते कोरोना पुष्टि भएको थियो । सोही प्रहरी जवानका २८ वर्षीया श्रीमती र २२ महिने बालकमााई समेत कोरोना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय, भक्तपुरका प्रमुख कृष्ण बहादुर मिजारले बताउनुभयो ।

उक्त बालकको हात भाँचिएपछि उपचाको लागि भक्तपुरको भिसींखेलेस्थित सिद्ध स्मृति अस्पताल लगिएको थियो । त्यहाँ उपचार हुन नसेपछि थप उपचाको लागि भक्तपुरस्थित सल्लाघारीस्थित ईवामुरा अस्पताल रेफर गरिएको थियो । सोही क्रममा उपचार अघि आमा र बालकको स्वाव संकलन गरी परीक्षणका लागि पठाएको थियो । दुवैमा कोरोना रिपोर्ट पोजेटिभ आएको स्वस्थ्य कार्यालय  प्रमुख मिजारले बताउनुभयो ।

संक्रमित आमा र बालक दुवै जनालाई थप उपचारको लागि काठमाडौंको पुलिस अस्पताल लगिएको छ । प्रहरी जवानको भने भक्तपुरको दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेकोछ ।
बालकको उपचारमा संलग्न ईवामुरा अस्पतालका १० कर्माचारी र ३ जना चिकित्सकलाई आसोलेशनमा राखिएको अस्पतालका व्यवस्थपक रंजित मारिखुले जानकारी दिनुभयो ।  । अहिले  संक्रमितहरु बसोवास गर्ने सिपाडोल वडा नम्वर ८ खापी क्षेत्र सिल गरिएको वडाध्यक्ष किरण थापाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्