Logo
|
Friday 29th March 2024
Logo

epaper

पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी



जनस्वास्थ्य सरोकार, काठमाडौं । पूर्व राष्ट्रिय क्रिकेटर पवन दासलाई कोरोना संक्रमण पुष्टी भएको छ। उनले सामाजिक सञ्जालमार्फत दास आफूलाई संक्रमण भएको जानकारी दिएका हुन ।

दासले फेसबुकमा लेखेका छन्- ‘कोरोना पोजेटिभ आएको रहेछ। म सँग १५ गतेपछि सम्पर्कमा आउन हुनेहरु कृपया सुरक्षित रहनुहोला। अरुलाई पनि सुरक्षित राख्नुहोला।’ सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठका अनुसार उनीसँगै उनका बुवाआमालाई पनि कोरोना संक्रमण पुष्टी भएको छ।

उमेर समूहमा राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेका उनी पछिल्लो समय गृहजिल्ला सप्तरीमा छन्। उनले पछिल्लो समय स्थानीय प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्