Logo
|
Friday 19th April 2024
Logo

epaper

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीमा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोनासंक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिएको हो ।

स्रोतका अनुसार संक्रमित मध्ये तीन जना कार्यालय सहयोगी र एक जना सवारी चालक भएको बुझिएको छ । संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्