Logo
|
Friday 19th April 2024
Logo

epaper

काठमाडौँ उपत्यकामा ९२ सहित थप ३८० जनामा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३८० जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका ९० जना र ललितपुरका २ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । हाल ११ हजार ३८ जना क्वारेन्टाइनमा रहेका छन भने ६ हजार ५४४ जना आइसोलेसनमा रहेका छन ।
वितेको २४ घण्टामा ८ हजार ५१५ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ७५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्