Logo
|
Friday 19th April 2024
Logo

epaper

एक चिकित्सकसहित पर्सामा थप २२ जनामा कोरोना



जनस्वास्थ्य सरोकार, वीरगन्ज ।  नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा पोखरिया अस्पतालका एक चिकित्सकसहित थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयका ४ प्रहरीसमेत छन् ।

 

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित हुनेमा ६ महिलासहित १८ वर्ष देखि ५० वर्ष उमेर समूहका व्यक्ति छन् । चार जना कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गरिएकाहरू छन् । संक्रमितमध्ये दुई जनामा ज्वरो, खोकी र छाती दुख्ने लक्षण देखिएको छ ।

पोखरिया अस्पतालका चिकित्सकसहित तीन स्वास्थ्यकर्मी, नारायणी अस्पतालको मेडिकल वार्डका एक कर्मचारी र म्यागनस फर्मा औषधि उद्योगका तीन जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरका अनुसार आइतबार राति गरिएको परीक्षणमा चार प्रहरीमा कोरोना देखिएको छ । अन्य संक्रमितमा वीरगन्ज ११ श्रीपुरका चार जना, मुर्लीका २ जना, नगवा र छपकैयाका एक/एक जना छन् ।

प्रतिक्रिया दिनुहोस्