Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि कपिलवस्तु अस्पतालमा आकस्मिकबाहेक सेवा बन्द



जनस्वास्थ्य सरोकार, कपिलवस्तु ।  कपिलवस्तु तौलिहवा अस्पतालमा कार्यरत ५ स्वास्थ्यकर्मीसहित एक सुरक्षाकर्मीमा समेत कोरानो संक्रमित पुष्टी भएपछि अस्पतालका इमरजेन्सी सेवा बाहेक सबै सेवा बन्द गरिएको छ। हिजो अस्पतालमा कार्यरत ४ स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीमा संक्रमण पुष्टी भएको थियो। ३ दिन अघि अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट संक्रमित भएका थिए।

आईतवार नसिङ, ल्याव, एक्सरे, ओापीडी फाटका एक एक जना गरी चार जना स्वास्थ्यकर्मी तथा अस्पतालमा रहेका एक प्रहरी सक्रमति पुष्टी भएपछि अस्पतालमा अति आकस्मिक सेवा बाहेक अरु सबै सेवा सोमवारबाट बन्द गरिएको अस्पतालका मेडीकल सपरीटेण्डेन्ट किशोर बन्जाडेले वताए। यस अघि दुई महिना अघि पनि अस्पतालकी स्टाफ नर्स सङ्क्रमित भए पछि १० दिन अस्पतालका सेवा बन्द गरिएको थियो।

सदरमुकाम तौलिहवामा समुदाय स्तर मै कोरोना फैलिएका र अस्पतालका स्वास्थ्यकर्मी समेत कोरोना सङ्क्रमित देखिएपछि अस्पताल समेत कोरोनाको उच्च जोखिम रहेको दाबी गरिएको हो। सोमवार अस्पतालमा कार्यरत ७७ जनाको स्वाब सङ्कलन गरिएको अस्पताल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्