Logo
|
Friday 19th April 2024
Logo

epaper

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  विश्वमा कोरोना भाइरस संक्रमितकाे संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार विश्वमा दुई करोड २६ हजार दुई सय ११ व्यक्ति कोरोना संक्रमित भएको जनाएको हो । त्यसमध्ये सोमबारसम्म एक करोड २९ लाख सात सय ५७ जना निको भइसकेका छन् ।

हाल संक्रिय संक्रमित भने ६३ लाख ९१ हजार पाँच सय पाँचजना मात्र छन् । अहिलेसम्म सात लाख ३४ हजार २५ जनाको संक्रमणका कारण निधन भएको डब्लुएचओले जनाएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार चार सय ४४ जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकामा ४७ लाख ५० हजार चार सय चारजना कोरोना संक्रमित छन् । उत्तर अमेरिकामा ६१ लाख २० हजार पाँच सय १५ जना, युरोपमा ३० लाख ३६ हजार सात सय ५२ जना, एसियामा ५० लाख ४२ हजार चार सय ७० जना संक्रमित भएका छन् ।

अफ्रिकामा दश लाख ५२ हजार ४० जना र ओसियानामा २३ हजार तीन सय नौ जनामा कोरोना भाइरस संंक्रमित भएको डब्लुएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्