Logo
|
Thursday 25th April 2024
Logo

epaper

अब परोकार प्रसूती अस्पतालमा पनि कोरोना परीक्षण, स्वास्थ्य मन्त्री ढकाल भन्छन् ‘दैनिक २२ हजार पिसिआर परीक्षण गर्ने क्षमता छ’



जनस्वास्थ्य सरोकार, काठमाडौं। थापाथलीस्थित परोपकार प्रसूती तथा स्त्री रोग अस्पतालमा आजबाट कोरोना परीक्षण सुरु भएको छ । अस्पतालको ६१औँ वार्षिकोत्सवका अवसरमा कोरोना परीक्षण ल्याव स्थापना गरिएको अस्पतालले जनाएको छ । परोपकारमा ल्याब स्थापना भएसँगै देशभर पीसीआर परीक्षण ल्याबको संख्या ३८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल र काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले संयुक्त रुपमा ल्यावको उद्घाटन गर्नुभएको थियो ।

स्वास्थ्य मन्त्री ढकालले आवश्यक परेको खण्डमा दिनहुँ २२ हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने क्षमता रहेको बताउनुभएको छ ।
सरकारको कमी कमजोरी औल्याई सुझाव दिँँदै सबैजना एकतावद्ध हुनु अहिलेको आवश्यकता रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्