Logo
|
Friday 29th March 2024
Logo

epaper

अस्पताल बनेको ५० बर्षपछि शववाहन



जनस्वास्थ्य सरोकार, कञ्चनपुर। जिल्लाको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा पहिलोपटक शववाहन ल्याइएको छ । अस्पताल व्यवस्थापन समितिको पहलमा अस्पताल स्थापनाको झण्डै साढे पाँच दशकपछि शववाहन भित्र्याइएको हो ।

जिल्लामा यसअघि शववाहन नहुँदा ट्रक, ट्र्याक्टरलगायतका सवारी साधनमा शव दाहसंस्कारका लागि लैजाने गरिँदै आएको थियो । “अब शव व्यवस्थापनका लागि शववाहन आउँदा सहज हुने भएको छ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले भने, “शववाहन प्रदेश स्वास्थ्य निर्देशनालयबाट प्राप्त भएको हो ।”

महाकाली अस्पतालमा पछिल्लो समय आन्तरिक सुधारमा निकै जोड दिइएको भन्दै अध्यक्ष जोशीले चिकित्सकलगायत अन्य स्वास्थ्य सुधारका लागि पनि लागिपरेको बताए। “केही समययता विभिन्न शल्यक्रिया पनि हुँदैछन्”, उनले भने “बिरामीको सेवाका लागि आवश्यक स्वास्थ्य उपकरण पनि थपिँदै गएका छन् ।”

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले निर्देशनालयले स्वास्थ्य तथा व्यवस्थापन केन्द्रको सहयोगमा सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरलाई गरी दुई वटा शववाहन उपलब्ध गराएको जानकारी दिए । रासस


प्रतिक्रिया दिनुहोस्