Logo
|
Thursday 25th April 2024
Logo

epaper

सांसद प्रदीप यादव कोरोनामुक्त, भन्छन् -‘व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएँ’



जनस्वास्थ्य सरोकार, वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् । उनलाई साउन १६ गते संक्रमण पुष्टि भएको थियो । ‘१२ दिनमा कोरोनालाई जितेको छु,’ उनले मंगलबार फोनमा भने, ‘व्यायाम र घरेलु उपचारले कोरोनामुक्त भएँ ।’

उनी वीरगन्जस्थित आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । यादवका अनुसार सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार कोरोना नेगेटिभ रहेको रिपोर्ट आएको हो । निको भएको रिपोर्ट आए पनि अझै ७ दिन आइसोलेसनमा बस्ने उनले बताए ।

यादवका अनुसार साउन १४ मा उनलाई खोकी लागेको थियो । खोकी केही कम भएपछि १५ गते ज्वरो आयो । साउन १६ को बिहानै नारायणी अस्पताल पुगेर स्वाब दिएका उनलाई सोही सोही राति पौने १० बजे रिपोर्ट आउँदा कोरोना देखिएको थियो । यादवका पीएसओ र चालकलाई पनि कोरोना देखिएको थियो । पीएसओ र चालकको भने दोस्रो रिपोर्ट पनि पोजिटिभ नै आएको यादवले जनाए ।

आइसोलेसनमा बस्दा २ चम्चा बेसार, २२ पोटी लसुन, कालो नुन, कालो खुर्सानी, दुईवटा प्याज र कागतीको पेस्ट बनाएर दिनको तीनपटक सेवन गर्ने गरेको उनले बताए । ‘म कोरोना पोजिटिभ भएको खबर फैलिएपछि भारत, मुम्बईका एक मित्रले नरिवल पानी, मौसमको जुस, प्याज, बेसार, लसुन, गिलोय, कागती सेवन गर्न सुझाव दिएका थिए,’ सांसद यादवले भने, ‘बिहान–साँझ योग र व्यायाम पनि गरेँ ।’ कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्