Logo
|
Monday 23rd December 2024
Logo

epaper

जनकपुरका पूर्वमेयरको कोरोना संक्रमणबाट मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । धुनषाको जनकपुरका पूर्वमेयर एवं व्यवसायी कृष्ण गिरीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

पूर्वमेयर गिरीको गएराति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको परिवारजनले बताएका छन्।

जनकपुरधाममा होटेल रामा सञ्चालन गरिरहेका उनलाई कोरोना संक्रमण भएपछि १५ दिन अघि काठमाडौं ल्याइएको थियो। ७३ वर्षीय गिरी मुटु रोगबाट पीडित थिए। उनलाई एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्