Logo
|
Friday 29th March 2024
Logo

epaper

नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि, थप चार जनाको मृत्यु, १०९ निको भए



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५२५ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १११ जना र ललितपुरका ११ जना र भक्तपुरका ५ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १०९ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

हाल १४ हजार ७६९ जना क्वारेन्टाइनमा रहेका छन भने ८ हजार २५ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ९ हजार ८५९ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्