Logo
|
Tuesday 24th November 2020
NEWS PAPER

कोशी अस्पतालमा ३० वर्षीय कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, विराटनगर । कोसी अस्पतालको आइसोलेसनमा बिहीबार मृत्यु भएका विराटनगर–१५ का ३० वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

टाउको दुखने, ज्वरो आउने र श्वास्प्रश्वाससम्बन्धी समस्या देखिएपछि बिहीबार बिहान अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बेलुका ४ बजे मृत्यु भएको थियो ।

शुक्रबार आएको मृतकको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको कोसी अस्पतालका प्रवक्ता डा. लक्ष्मीनारायण यादवले बताए ।

योसँगै विराटनगर महानगरपालिकामा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ६ पुगेको छ । बिहीबार ६० जना संक्रमित थपिएसँगै महानगरमा संक्रमितको संख्या ४ सय १५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्