Logo
|
Friday 26th April 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, आकस्मिक कक्ष सिल



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका थप चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार अस्पतालको आकस्मिक कक्षमा कार्यरत ६ स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको थियो।

उनीहरुको सम्पर्कमा रहेका थप स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्दा थप चार जनामा संक्रमण पुष्टि भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा.सन्तकुमार दासले बताउनुभयो । संक्रमित स्वास्थ्यकर्मीलाई अस्पतालकै आइसोलेसनमा राखिएको छ।

‘चार पाँचदिन अघिदेखि उहाँहरुमा कोरोनाको लक्षण देखिएको थियो’, डा‍.दासले भन्नुभयो -‘बुधबार स्वाब संकलन गरि परीक्षण गरिएकोमा आज आएको रिपोर्टअनुसार उहाँहरुमा संक्रमण पुष्टि भएको छ।’

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षको एक सय भन्दा बढी स्वास्थ्यकर्मीको स्वाब संकलन गरिएको छ। उनीहरुको रिपोर्ट शनिबारसम्ममा आइसक्ने डा.दासले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि बुधबारदेखि अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ। स्वाब संकलन गरिएका सबै स्वास्थ्यकर्मी हाल होम क्वारेन्टाइनमा बसेका छन्। योसँगै त्रिवि शिक्षण अस्पतालमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या २२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्