Logo
|
Thursday 25th April 2024
Logo

epaper

भैरहवाको एसबिआई बैंकका १३ जना कर्मचारीलाई कोरोना, ४५ वटा बैंकका सबै सेवा ठप्प



जनस्वास्थ्य सरोकार,  सिद्धार्थनगर । सिद्धार्थनगरमा रहेको एसबिआई बैंकका १३ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भैरहवामा रहेका ४५ वटा बैंकले सबै काम बन्द गरेका छन् । सिद्धार्थनगर नगरपालिकाले ५ गतेसम्म लकडाउन गरेपछि बैंकहरू पनि बन्द भएका छन् । आन्तरिक रूपमा बैंक खुला भए पनि सेवा भने बन्द रहेको एसबिआई बैंकका शाखा प्रबन्धक राकेश महर्जनले बताए ।

सरकारको काममा समस्या नपरोस् भनेर भन्सार क्लियरिङको काम मात्र गरेको एक बैंकले जनाएको छ ।  शुक्रबार एसबिआई बैंकका एकजना कर्मचारीमा संक्रमण देखिएपछि बैंकका २३ जना कर्मचारीको स्वाब संकलन गरिएको थियो ।  उनीहरूमध्ये शनिबार १२ जना कर्मचारीमा कोरोना देखिएको थियो ।

संक्रमित कर्मचारीलाई व्यवस्थित गर्न अन्याेल 
एसबिआई बैंकका १३ जना कर्मचारीलाई कहाँ राख्न्ने भन्ने विषय अन्योलमा परेको छ ।  आ–आफ्नै घर र भाडा बसेका कर्मचारीलाई छुट्टै ठाउँमा आइसोलेसनमा राख्न अनुरोध आएको बैंकका शाखा प्रबन्धक राकेश महर्जनले बताए ।

‘हामीले होटेलहरूमा भनेका थियौँ, अहिले आएर होटेलहरूले पनि दिन मानेका छैनन् कहाँ राख्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने ।  पहिले होटेलहरूले आइसोलेसनका लागि कोठा दिने बताए पनि अहिले आएर उनीहरू नमानेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्