Logo
|
Friday 19th April 2024
Logo

epaper

क्वारेन्टीनमा बसेका एक युवकको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी



जनस्वास्थ्य सरोकार, इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका–९ घर भएका २२ वर्षीय युवकको आइतबार राती मृत्यु भएको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो । घटनाको विषयमा अनुसन्धान भइरहेको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिए । उनका अनुसार मृतकको पीसीआर रिपोर्ट सोमबार दिउँसोसम्म आइपुग्ने छ । २९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस्