Logo
|
Sunday 29th November 2020
NEWS PAPER

सोमबार थप ५८१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७ हजार नाघ्यो



 

जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५९४ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १३९ जना र ललितपुरका १५ जना र भक्तपुरका १४ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १६० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ पुगेको छ । हाल १५ हजार १९८ जना क्वारेन्टाइनमा रहेका छन भने १० हजार ६३९ जना आइसोलेसनमा रहेका छन ।

वितेको २४ घण्टामा ११ हजार ५२० सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्