Logo
|
Saturday 16th January 2021
E-paper Magazine

नेपालमा थपिए हालसम्मकै उच्च १०१६ जना कोरोना संक्रमित, थप सात जनाको मृत्यु



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १०१६ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १३८ जना र ललितपुरका ५० जना र भक्तपुरका १७ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८५ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ५८० पुगेको छ ।

हाल १३ हजार ९२६ जना क्वारेन्टाइनमा रहेका छन भने १० हजार ५६३ जना आइसोलेसनमा रहेका छन ।  वितेको २४ घण्टामा १३ हजार ४६१ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्