Logo
|
Saturday 20th April 2024
Logo

epaper

काठमाडौं उपत्यकामा १५९ जना सहित बुधबार ६८१ जनामा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ६८१ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १२९ जना र ललितपुरका १७ जना र भक्तपुरका ८ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १२० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ७०० पुगेको छ ।

हाल १३ हजार ५७१ जना क्वारेन्टाइनमा रहेका छन भने ३ हजार ६३९ जना आइसोलेसनमा रहेका छन । वितेको २४ घण्टामा ११ हजार ५२२ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्