Logo
|
Wednesday 24th April 2024
Logo

epaper

महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ प्रहरीमा कोरोना पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत १७ प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रहरी अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा १७ प्रहरीमा संक्रमण पुष्टि भएको हो । संक्रमित प्रहरीलाई क्वारेन्टिनमा राखिसकिएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन् ।

यसअघि पनि महाशाखाका दुई जनालाई संक्रमण देखिएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जना क्वारेन्टिनमा बसेका थिए । कोरोना नियन्त्रणमा अग्रपक्तिमा रहेका काम गर्दै आएका सुरक्षाकर्मी आफै संक्रमित हुने क्रम दिनहुँ बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्