Logo
|
Thursday 28th March 2024
Logo

epaper

‘होम आइसोलेसन’ मा कोरोना संक्रमितको मृत्यु



जनस्वास्थ्य सरोकार, विराटनगर ।  विराटनगर महानगरपालिका–६ सरोचियामा अस्पताल नलग्दा ‘होम आइसोलेसन’मै एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।  बुधबार रिपोर्ट पोजिटिभ आएपछि ‘होम आइसोलेसन’मै राखिएका ४५ वर्षीय कामत थरका पुरुषको बिहीबार राति मृत्यु भएको वडा अध्यक्ष विजय कामतले जानकारीइ दिए। पीसीआर परीक्षणका लागि भदौ १ गते सोमबार उनको स्वाब संकलन गरिएको थियो।

रिपोर्ट पोजिटिभ आएपनि कोभिड अस्पतालमा आइसोलेसन बेडको अभाव रहेको भन्दै उनलाई ‘होम आइसोलेसन’मै राखिएको थियो। ‘स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अस्पतालको आइसोलेसनमा लैजाने तयारी हुँदै थियो,’ वडा अध्यक्ष कामतले भने, ‘तर बेड खाली नभएको भन्दै अस्पतालले लिन नमानेपछि घरमै संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आयो।’

उनले कोभिड अस्पतालले आइसोलेसन बेड नभएको भनेर बिरामी अस्वीकार गर्दा संक्रमितले उपचार नै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए। उनका अनुसार मृतकको शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीले लैजाने तयारी गरिरहेको छ। पछिल्लो समय मृत्यु भएका पुरुषसँगै विराटनगरमा हालसम्म कोरोना कारण नौ जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्