Logo
|
Thursday 18th April 2024
Logo

epaper

जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन अभाव



जनस्वास्थ्य सरोकार, जाजरकोट । स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा सर्पको टोकाइबाट बच्ने भ्याक्सिन नहुँदा समस्य भएको छ । सर्पको जोखिममा रहेको जाजरकोटमा लामो समयदेखि ‘एन्टि स्नेक भेनम’ नहुँदा बिरामीलाई उपचारमा समस्य भएको हो ।

भ्याक्सिन नभएका कारण उपचारमा आएका बिरामी रुकुम पश्चिमको चौरजहारीस्थित मिसन अस्पतालमा जानु परेको भेरी नगरपालिका–२ का प्रकाश शाहीले जानकारी दिनुभयो । अघिल्लो वर्षको भ्याक्सिन बाँकी रहेकोमा सो भ्याक्सिन पनि केही महिना अगाडि म्याद गुज्रेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनील पुनले जानकारी दिनुभयो । बिरामी आउने क्रम शुरु भएकाले अब भ्याक्सिन प्रदेशबाट मगाउने तयारी भएको उहाँले बताउनुभयो ।

पहाडी जिल्लामा बिशालु सर्पहरु कम पाइने भएकाले भ्याक्सिन माग पनि कम हुने गरेको डाक्टर पुनले बताउनुभयो । जाजरकोटमा वर्षा याममा सर्पले डस्ने समस्या रहेको अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्