Logo
|
Friday 26th April 2024
Logo

epaper

भक्तपुर र कीर्तिपुर गणका ३६ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि



जनस्वास्थ्य सरोकार, काठमाडौं । भक्तपुर र कीर्तिपुर गणका ३६ सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइएको उनीहरुको शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।

भक्तपुरको दुवाकोटस्थित नम्बर –११ गुह्वेश्वरी गणमा कार्यरत २० जनामा र कीर्तिपुरस्थित नम्बर–१८ निलबाराही गणमा कार्यरत १६ जनामा कोरोना पोजेटिभ देखिएको सशस्त्रका प्रवक्ता राजु अर्यालले जानकारी दिएका छन् । प्रवक्ता अर्यालका अनुसार उनीहरुको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पीसीआर परीक्षण गरिएको थियो ।

योसँगै सशस्त्र प्रहरी बलका ३७८ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये १५४ जना निको भएको प्रवक्ता अर्यालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्