Logo
|
Tuesday 21st September 2021
E-paper Magazine

शुक्रबार ८३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३० हजार नाघ्यो



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८३८ जना कोरोना संक्रमित थपिएका छन । ति मध्ये काठमाडौँका १४२ जना र ललितपुरका २५ जना र भक्तपुरका १ जना रहेका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप २५० जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ ।

हाल १२ हजार २३४ जना क्वारेन्टाइनमा रहेका छन । वितेको २४ घण्टामा १३ हजार ५७९ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्