Logo
|
Friday 19th April 2024
Logo

epaper

कोभिड १९ को तीब्र त्रासः एकैदिन ८ जनाको मृत्यु, ६३४ थप संक्रमित

सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा, सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ११७



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा विगत २४ घण्टामा कोभिड १९ बाट आठ जनाको मृत्यु भएको छ । यो सँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

यसैगरी विगत २४ घण्टामा ६३४ जना नयाँ सङ्क्रमित पुष्टि भएका छन् । हाल कुल कुल सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ११७ पुगेको छ। मुलुकभर १२ हजार ६२१ जनामा सक्रिय सङ्क्रमण रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको छ । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन् । सक्रिय सङ्क्रमितमध्ये सबै १२ जना सघन उपचार कक्षमा रहेको र ती सबै वाग्मती प्रदेशको भएको मन्त्रालयले जनाएको छ।

यसैगरी विगत २४ घण्टामा १२,५१९ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। सोही अवधिमा १३६ जना कोभिड १९ निको भई घर फर्किएका छन् । अहिलेसम्म १८,३५० सङ्क्रमित निको भएका छन्। निको हुने सङ्क्रमितको सङ्ख्या ५९ प्रतिशत छ। मुलुकभर क्वारन्टीनमा ११, ६५८ जना छन्। हाल मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही र काठमाण्डूमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।तर मयाग्दी, मुस्ताङ, र हुम्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्