Logo
|
Wednesday 24th April 2024
Logo

epaper

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका कोरोना संक्रमित मृत्यु



जनस्वास्थ्य सरोकार, भक्तपुर। भक्तपुरको दुधपाटीमा रहेको शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा डायलाइसिस गराउन आएका एकजना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुबै मिर्गौला फेल भएपछि प्रत्यारोपण गर्न डायलाइसिस गराउँदै आएका रुपन्देहीको बुटवलका एकजना ५२ वर्षीय पुरुषको ज्यान गएको केन्द्रका प्रमुख  डा. प्रेम ज्ञवालीले जानकारी दिनुभयो ।

डा. ज्ञवालीका अनुसार प्रत्यारोपण केन्द्रमा पुगेका उनको डायलाइसिस नै गर्न नपाइ मृत्यु भएको हो । उनी आफन्त सहित हिजो दिउँसो अस्पताल पुगेका थिए । यसअघि नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।
यसैबीच अस्पताल भक्तपुरमा उपचारको क्रममा एक पुरुषको निधन भएको छ । पाँचथर मिग्लाजुङग गाउपालीका १ घर भई हाल चागुनारायण नगरपालिका ९ बस्ने बर्ष ४७ को नरेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको हो ।

तर उनको स्वाब परिक्षण गर्दा पीसीआ नेगेटिभ आएकाले शव आफन्तले बुझेर लगेको वीर दल गण सुर्यबिनायकका प्रमुख शिवप्रसाद पौडेलले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्