Logo
|
Friday 29th March 2024
Logo

epaper

अब नेपाल मेडिसिटी अस्पतालमा पनि पिसिआर टेष्ट सेवा

केहि महिनादेखिको प्रयास पश्चात् सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता



जनस्वास्थ्य सरोकार, लतिलपुर । कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा रियल टाइम पिसिआर टेष्टको आवश्यकता पनि दिनानुदिन बढ्दै गएको विषयलाई महशुश गर्दै ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा पिसिआर टेष्ट सेवा शुरु भएको छ ।

विश्वमा उत्कृष्ट पिसिआर, जीन एक्सट्राक्टर लगायतका भरपर्दो र सटिक परिणाम दिने उपकरणहरुको माध्ययमबाट नेपाल मेडिसिटीले दैनिक करिब ८ सय भन्दा बढिको नमुना लिई रिपोर्ट दिन सक्ने क्षमता रहेको नेपाल मेडिसिटी अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख प्रा.डा. गोपी अर्यालले बताउनुभयो । विगत केहि महिनादेखिको प्रयास पश्चात् सफल रुपमा जडित पिसिआर टेष्ट मेसिन र टेष्ट प्रक्रियालाई नेपाल सरकारद्वारा मान्यता प्रदान गरिएको छ ।

पिसिआर टेष्ट गर्न आउनुपूर्व अस्पतालमा नाम दर्ता गर्न अनुरोध गरिएको छ जसका लागि ०१–४२१७७६६ मा सम्पर्क गर्न सकिने छ ।
स्वाब संकलन गरिएको २४ घण्टाभित्र नतिजा प्राप्त हुने अस्पतालका ल्याबोरेटोरी विभाग प्रमुख प्रा.डा.अर्यालले जानकारी दिनुभयो । उहाँले ओपिडीमार्पmत आउने र भर्ना भएका बिरामीका लागि पिसिआर टेष्ट गर्ने संयन्त्र फरक रहेको पनि उल्लेख गर्नुभयो ।

साथै, विदेशी नियोग, वैदेशीक रोजगारीमा जाने नेपाली, बैंक तथा कर्पोरेटहरुलाई नेपाल मेडिसिटीले सहुलियत शुल्कमा पिसिआर टेष्ट गरिरहेको नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्