Logo
|
Thursday 18th April 2024
Logo

epaper

थप ७४३ जनामा कोरोना पुष्टि, ८ जनाको मृत्यु, १७५ निको भए



जनस्वास्थ्य सरोकार काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १७५ जना संक्रमित निको भएर घर फर्किएका छन । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ पुगेको छ । हाल ११ हजार २७५ जना क्वारेन्टाइनमा रहेका छन ।
वितेको २४ घण्टामा १० हजार २३४ सय जनाको पिसिआर विधिबाट परिक्षण गरिएको छ । प्रा. डा. गौतमका अनुसार नेपालमा कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्