Logo
|
Friday 26th April 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना, संक्रमितको संख्या १९०८ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । गण्डकी प्रदेशमा आज थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा कास्कीका ७ जना र तनहुँका ६ जना गरी १३ जना छन् । जसमा ८ जना महिला र ५ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ९०८ पुगेको छ । कोरोना जितेर घर फर्कनेको संख्या १ हजार ६३९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्