Logo
|
Thursday 28th March 2024
Logo

epaper

सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय



नेपाल हेल्थ न्युज, काठमाडौं । देशभरिका सबै पालिकामा अनिवार्य अस्पताल सञ्चालनमा ल्याउने निर्णय गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार, एक साताभित्र देशभरका सबै स्थानीय तहमा एक चिकित्सकसहित पाँच शैयाको अस्पताल सञ्चालनमा ल्याइने छ । मुलुकमा अझै पनि ६४९ स्थानीय निकायमा अस्पताल छैनन् ।

मन्त्रालयले छोटो अवधिमै करारमा चिकित्सक र नर्स भर्ना गर्ने तयारी गरेको छ । वार्षिक तीन सय करिब चिकित्सक छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्छन् । अस्पताल सञ्चालन गर्न ६४९ चिकित्सक र एक हजार २९८ नर्सलगायतका जनशक्ति आवश्यक भएको जनाइएको छ । आवश्यक चिकित्सक र नर्स करारमा भर्ना गरिने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । प्रत्येक स्थानीय तहमा पाँच शय्या गरी ६४९ स्थानीय तहमा तीन हजार २४५ शय्या थपिएको जनाइएको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहमातहतका अस्पतालमा ६ हजार २०१ शय्या थप्ने निर्णय भएको छ ।

प्रत्येक पालिकामा कम्तीमा १५ शय्याको अस्पतालका लागि यसअघि नै अधिकांश पालिकाले पूर्वाधार तयार गर्ने क्रममा छन् । तर पूरा हुनसकेको छैन ।
हाल प्रदेश मातहत ७५ वटा अस्पताल छन् । ६८ जिल्ला अस्पताललाई प्रदेश मातहतको सामाजिक विकास मन्त्रालयअन्तर्गत राखिएको छ । त्यसैगरी कोशी, सगरमाथा, जनकपुरधाम, बुटवल, धनगढी, महेन्द्रनगर र बाग्लुङका साविकका अञ्चल अस्पताल प्रदेश मातहत छन् । प्रदेश मातहतको अस्पतालमा ५० देखि २५० शय्यासम्म उपलब्ध छन् ।

प्रदेशमा एक हजार ९५७ शय्या थपिएको छ । भरतपुर, नारायणी, कोशी डडेल्धुरासहित काठमाडौँ उपत्यकाभित्रका केन्द्रमातहतका अस्पतालमा एक हजार शय्या थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्