Logo
|
Saturday 20th April 2024
Logo

epaper

मनमोहन शिक्षण अस्पतालको आकस्मिक कक्षमा ग्याङ फाइट



जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वायम्भुस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा बिहिबार राति दुई समूहबीच झडप हुँदा आकस्मिक कक्षमा क्षति पुगेको छ । दुई समूहबीचको झडपले इसिजी मेशिन, ड्रेसिङ ड्रम, बस्ने टुल, एम्ब ब्याग र अन्य मेडिकल उपकरणहरु तोडफोड भएको अस्पतालले जनाएको छ । करिब २०/३० जनाको अज्ञात समूहको झडपमा परि इमर्जेन्सीमा कार्यरत डाक्टर, नर्स र सुरक्षा गार्ड समेत कुटिएका छन् ।

बिहीबार अपरान्ह रानीवन र ढुंगेधाराका युवाबीच भलिवल खेल्ने क्रममा ग्याङ फाइट भएको थियो । सो क्रममा घाइते भएका पाँच जना युवालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो । कुट्ने समूहको एक जना युवा पक्राउ परेपछि सोही समूहका अरु तीस चालिस जना युवा आएर घाइतेमाथि कुटपिट गरेको अस्पतालका निर्देशक डा. धर्म सुवेदीले बताउनुभयो ।

अस्पताल प्रशासनले उक्त कार्य गर्नेलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । अस्पतालले उक्त घटनापछि नयाँ बिरामीलाई सेवा दिन नसक्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्