Logo
|
Friday 26th April 2024
Logo

epaper

भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. राजन पाण्डे नियुक्त



काठमाडौं । चितवनको भरतपुर अस्पतालका नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा राजन पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालको मेसुमा डा पाण्डेलाई नियुक्त गरेको हो । यसअघि अस्पतालमा डा श्रीराम तिवारी मेसु रहेका थिए ।

यही भदौ २४ गतेको मन्त्रिस्तरको निर्णयबाट उनलाई अस्पतालका प्रमुख मेसुमा नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले जानकारी दिए । प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन डा पाण्डे नेपालगञ्जको भेरी अस्पतालमा कार्यरत थिए । डा पाण्डे एघारौँ तहका चिकित्सक हुन् । रासस

प्रतिक्रिया दिनुहोस्