Logo
|
Thursday 28th March 2024
Logo

epaper

कोरोना संक्रमणबाट चितवनका ७८ वर्षीया महिला मृत्यु



जनस्वास्थ्य सरोकार, चितवन। चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत एक बृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन् ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्