Logo
|
Tuesday 16th April 2024
Logo

epaper

नेपालमा एकैदिन १४ सय ५४ जनामा कोरोना पुष्टि, थप ५ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा शुक्रबार हालसम्मकै उच्च १ हजार ४ सय ५४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५१,९१९ पुगेको छ।

यसैगरी आज ५ जनाले कोभिड-१९ बाट ज्यान गुमाएका छन् । हाल मुलुकमा चिनियाँ नागरिकसहित ३ सय २२ को मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा ९७२ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ३६,६७२ पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १४ हजार ९२५ रहेको छ । हाल ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ६ हजार ६३४जना होम आइसोलेसनमा छन्। हाल ६ हजार ७८ जना क्वारेन्टाइनमा छन् । शुक्रबार १०,७०१ जनाको पिसिआर गरिएको छ । हाल पसिआर परीक्षणको संख्या ८ लाख २१ हजार १८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्