Logo
|
Thursday 26th November 2020
NEWS PAPER

गण्डकी प्रदेशमा थप २९ जना कोरोना सङ्क्रमित थपिए



जनस्वास्थ्य सरोकार, गण्डकी । गण्डकी प्रदेशमा आइतबार विहान थप २९ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी  प्रदेशमा आइतबार  थप २९ जनामा कोरोना पुष्टि भएको हो ।

नयाँ संक्रमितहरुमा लमजुङका १० जना, नवलपरासी पूर्वका ६ जना, गोरखाका ७ जना, स्याङजाका एक जना र तनहुँका ५ जना रहेका छन् । सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएका संक्रमित भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८१४ रहेको छ भने निको हुने दर ६१.११ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै प्रदेशमा अहिलेसम्म २९६८ जना संक्रमित भएका छन् ।

यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्