Logo
|
Friday 26th April 2024
Logo

epaper

चितवनमा होम आइसोलेसनमा बसेकी वृद्धाको मृत्यु



जनस्वास्थ्य सरोकार, चितवन । चितवनमा होम आइसोलेसनमा बसेकी एक कोरोना सङ्क्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।  दीर्घ रोगी उनको भदौ ११ गते नमूना सङ्कलन गरिएको थियो । भदौ १५ कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् ।

यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो । यससँगै कोरोना सङ्क्रमणबाट चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । त्यसमध्ये १७ जना चितवनका छन् ।

प्रतिक्रिया दिनुहोस्