Logo
|
Thursday 26th November 2020
NEWS PAPER

ॐ अस्पतालको आईसियूमा उपचाररत काँग्रेस महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्यवस्था स्थिर



 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।

डा. कोइरालालाई एक्कासी ज्वरो बढेपछि गएराती काठमाडौँको चावहिलस्थित ॐ अस्पतालको आइसियू कक्षमा भर्ना गरिएको थियो ।

डा. कोइरालाको उपचारमा अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइरालाको नेतृत्वमा कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. सुबोध सागर ढकाल र क्रिटिकल केयर युनिटका प्रमुख इन्टेन्सिभिस्ट डा. प्रमेश सुन्दर श्रेष्ठ संलग्न हुनुहुन्छ ।

अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले डा. कोइरालाको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराउनुभयो ।  गत भाद्र २३ गते कोरोना भाइरस पुष्टि भएपछि डा. कोइराला होम आइसोलेसनमा बस्दै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्