Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपालमा एकैदिन हालसम्मकै उच्च १५३९ जनामा कोरोना पुष्टि, थप ८ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार, काठमाडौं । मुलुकमा बुधबार १ हजार ५ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५८ हजार ३२७ पुगेको छ।

यसैगरी आज थप ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान  गुमाउनेको संख्या ३७९ पुगेको थियो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १०६८ जना डिस्चार्ज भएका छन् । योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४१,७०६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो ।

हाल मुलुकभर सक्रिय संक्रमितहरुको संख्या १६ हजार २४२ रहेको छ । हाल ८ हजार ५४१ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै ७ हजार ७०१ जना होम आइसोलेसनमा छन्। हाल ७ हजार ८२० जना क्वारेन्टाइनमा छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पिसिआर गरिएको छ । हालसम्म पिसिआर परीक्षणको संख्या ८ लाख ७२ हजार २७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्