Logo
|
Wednesday 24th April 2024
Logo

epaper

उपत्यकाका थप ७३७ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ७३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार काठमाडौंका ६५२, भक्तपुरका २५ र ललितपुरका ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यो सँगै मुलकुमा संक्रमितहरुको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्