Logo
|
Friday 29th March 2024
Logo

epaper

थप १३५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६६,६३२ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६६ हजार ६३२ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार १५४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । हालसम्म ९ लाख ३४ हजार ९७७ जनाको पीसीआर गरिएको छ ।

हालसम्म ४८ हजार ६१ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता डा. गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा ८२३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार १४२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

हाल ७ हजार १७१ जना सङ्क्रमित क्वारेन्टिनमा रहेका छन् ।  कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा  थप २ जनाको मृत्यु भएको  छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्